अभिनेत्री प्रियंका कार्की प्रेमी आयुष्मान देशराज जोशीसँग स्पेन भ्रमणमा छिन् । क्रममा विश्व चर्चित स्पेनिस फुटबल क्लब बार्सिलोनाको मैदानमा उनले फोटो खिचाएकी थिइन् । जुन फोटो फुटबल क्लब बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा नेपाली नायिका प्रियंका कार्कीको तस्बिर सेयर गरेको छ । प्रियंकाका दुई तस्बिर सेयर गर्दै ‘वी लभ नेपाल’ क्याप्सन राखिएको छ । उक्त पोस्टमा नेपालको राष्ट्रिय झन्डा पनि राखिएको छ। प्रियंका क्याम्प नोउमा भएको बार्सिलोना र लेभान्टेको खेल हेर्न पुगेकी थिइन् । बार्सिलोनाले नायिका कार्कीको तस्बिरका साथै भिडियोसमेत सेयर गरेको छ ।

उनले भिडियोमा भनेकी छिन् ‘धेरै नेपाली यहाँ आउन चाहन्छन्, तर पाउँदैनन् । मैले सबैको लागि यो सपना बाँचिरहेको छु, । यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’ प्रियंका र उनका प्रेमी आयुष्मान भाइबर र बार्सिलोना क्लबको निमन्त्रणामा स्पेन गएको उनले नेपाल बाट उड्नु अघि जानकारी दिएकी थिइन् । योसँगै उनले केही दिन युरोप भ्रमण गर्ने पनि बताएकी थिइन् ।