मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम २’ पाइरेसीको सिकार भएको छ । केही दिन अघि यस चलचित्र फेसबुकमा लिक भएको थियो । भने दर्जन बढी पेजमा उच्च क्वालिटीमा चलचित्र हेर्न सकिन्छ । यसैबिच निर्देशक मिलन चाम्सले फेसबुकमा यसबारे लेखेका छन् । उनले निर्माताले करोडौँ लगानीमा निर्माण गरेको चलचित्र यसरी फेसबुकमा केही नसोची पुरै फिल्म हालिदिएपछी नेपाली चलचित्रलाई बाँच्न गाह्रो हुन्छ भनेका छन् । चलचित्र नेपालमा त प्रदर्शनमा आइसकेको छ तर बस्ने कतिपय मुलुकमा प्रदर्शन गर्नै बाँकी छ । अन्य पेइङ डिजिटल माध्यममा सार्वजनिक गर्न पनि बाँकी छ तर यसरी फेसबुकमा सार्वजनिक गरिँदा डिजिटल बजार चौपट हुने चाम्सको भनाइ छ । उनी भन्छन्, ‘पाइरेसीले फिल्ममेकरलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्याएको छ । व्यापार त डामाडोल हुन्छ नै, यसले मनोबलसमेत गिराइदिन्छ । ‘वीरविक्रम २’ भिडियो पसल नामक पैसा तिरेर हेर्न मिल्ने स्ट्रिमिङ साइटमा राखिएको थियो, त्यहीँबाट डाउनलोड गरेर फेसबुकतिर हालिएको हुन सक्ने चाम्स बताउँछन् ।