यस वर्षको बहु प्रतिक्षित चलचित्र चलचित्र 'प्रेम गीत ३' को पहिलो गीत सार्वजनिक भएको छ । मङ्ग्लबार चलचित्रको 'हात्ती ढुङ्गामा' बोलको गीत सार्वजनिक गरिएको हो । सागर आले र मेलिना राईको स्वर रहेको गीत हर्क साउदले लेखेका हुन भने गीतमा सङ्गीत कल्याण सिंहले भरेका हुन् । मनाङको मनोरम दृश्य अनि आदिम समयको अनुभव गराउने भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा लगायत फिचर्ड छन् । गीतमा सबै कलाकारलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । गीत तामाङ सेलो फ्लेभरमा रहेको छ । सार्वजनिक गीत ले चलचित्रको हाइप बढाउनेमा निर्माण पक्ष आशावादी रहेको छ ।  

सार्वजनिक गीतको भिडियोलाई कबिराज गहत राजले नृत्य निर्देशन गरेका हुन् । आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।  भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेको 'प्रेमगीत ३' श्वसतिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ ।