पछिल्लो समय नेपाली हास्य व्यङ्ग्यको दुनियाँमा निकै लोकप्रिय नाम हो सागर लम्साल 'बले' । उनी स्क्रिनमा मुन्नीको प्रेमी भनेर चिनिन्छन् भने उनलाई चिन्न उनको आफ्नो छुट्टै पहिचान बनाएका छन् । यिनै चर्चित बलेले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । टिकटक हुँदै अभिनयको क्षेत्रमा चर्चा कमाइरहेकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । यी दुई केही समय यता प्रेममा छन् ।

उनीहरूले सँगै म्युजिक भिडियो समेत गरेका छन् । यसै गरी प्रिज्माकी जुम्ल्याहा बहिनी प्रिन्सी खतिवडा पनि प्रेममा रहेकी छिन् । उनी टिकटक हुँदै म्युजिक भिडियोमा सफलता हासिल गरिरहेका मन्जिल बस्नेतको प्रेममा छिन् । यी चारै जनाले एउटै म्युजिक भिडियोमा काम गरेका छन् ।