मङ्गलवार चलचित्र 'प्रेम गीत ३' गीतको पहिलो गीत सार्वजनिक गरिएको छ । यस वर्षको प्रतीक्षित चलचित्रको गीत 'हात्ती ढुङ्गामा' सार्वजनिक गरिएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा पर्न सफल भएको छ । गीतलाई एक दिनमा नै साढे सात लाख बढिले हेरिसकेका छन् भने युट्युब ट्रेन्डिङको नम्बर चारमा पर्न सफल भएको छ । गीतलाई करिब ५० हजारले लाईक गरेका छन् भने करिब नौ हजारले प्रतिक्रिया दिएका छन् । अधिकांशले गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गीतको भिडियो र अडियो फरक र सशक्त रहेको प्रतिक्रिया मिलेको छ ।

गीत सार्वजनिक भएसँगै चलचित्र प्रति उत्सुकता अझ बढेको छ । सागर आले र मेलिना राईको स्वर रहेको गीत हर्क साउदले लेखेका हुन भने गीतमा सङ्गीत कल्याण सिंहले भरेका हुन् । मनाङको मनोरम दृश्य अनि आदिम समयको अनुभव गराउने भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा लगायत फिचर्ड छन् । गीतमा सबै कलाकारलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहत राजले नृत्य निर्देशन गरेका हुन् । आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।