बलिउड चलचित्र 'बागी ३' को ट्रेलर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा टाइगर धमाकेदार एक्सन देखाइएको छ । ट्रेलरमा टाइगर र रितेश देशमुखलाई दाजुभाइको रूपमा देखाइएको छ । भने टाइगरले आफ्ना भाइको लागी उठाएको कदमलाई निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ । ट्रेलरमा एउटा सम्बन्धको लागी मान्छेले कस्तो कदम पनि उठाउन सक्छ भनेर देखाइएको छ । हमद खानले निर्देशन गरेको चलचित्रलाई साजीद नाडियडवालाले निर्माण गरेका हुन् । यसमा टाइगर श्रफ, श्रद्धा कपूर, रितेश देशमुख, ज्याक्की श्रफलगायतको मुख्य भूमिका रहने छ । चलचित्रको अघिल्ला २ सिरिजलाई दर्शकले निकै मन पराएका थिए । 'बागी ३' मार्च ६, २०२० मा रिलिज हुनेछ ।