अभिनेत्री श्वेता खड्काले हिजो आफ्नो जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर सञ्चालनमा ल्याएको एलिमेन्ट रेस्टुरेन्टको अनि ओपनिङ गरिन् । कलाकारिता र व्यवसायलाई अनि सामाजिक कार्यलाई साथ साथै लागिरहेकी उनले जन्मदिनको अवसर पारेर नेपाली फिल्म इन्डस्ट्रीका प्राय कलाकार र यसमा सङ्लग्न व्यक्ति हरूलाई आफ्नो जन्मदिन मनाउन निम्त्याएकी थिइन् । उनलाई जन्मदिनको शुभकामना दिन सिङ्गो फिल्म इन्डस्ट्री नै खुसी बोकेर उनको निम्तो स्वीकार गरी जन्मदिनको शुभकामना दिन पुगेको थियो । तस्बिरमा हेरौँ को-को पुगे श्वेताको खुसीमा साथ दिन ।