चलचित्र ग्याङस्टार ब्लुजको रोमान्टिक गीत सार्वजनिक भएको छ।'अजम्बरी'बोलको गीत सनिबार साझ युट्युव मार्फत सार्बजनिक भएको हो । कालीप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको गीतमा कालीप्रसाद र मेलिना राईको आवाज रहेको छ । भिडियोमा भने चलचित्रका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराजको प्रेमलाई देखाईएको छ ।

 

भदौ २ गते प्रदर्शन हुन लागेको चलचित्र 'ग्याङस्टार ब्लुज'लाआ हेमराज बिसिले निर्देशन गरेको हुन। चलचित्रमा सरोज न्यैपानेको साथमा निर्देशक बिसिले लगानी गरेका छन् । चलचित्रमा आना र आशिरमानको साथमा सयंम पुरी, प्रमोद अग्रहरी, रोजिसा शाही लगायतका कलाकारको अभिनय रहेको छ ।