बलिउडकी लोकप्रिय गायिका नेहा कक्कड र गायक आदित्य नारायण झाको प्रेम सम्बन्ध यति बेला निकै चर्चामा छ । 'इन्डियन आइडल'को स्टेजमा नेहा र आदित्यको परिवारले यी दुईको बिहे फेब्रुअरी १४ मा गरिदिने बताएका थिए । अब भने यी दुईले विवाह गर्ने निधो गरेको खबर बाहिरिएको छ । उनीहरूको विवाह यही १४ फेबुअरीमा हुने बताइएको छ । सोनी टिभीले पनि जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ । भिडियाको क्याप्सनमा लेखिएको छ '१४ फेब्रुअरी, मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दै छन् ।' उनीहरूको विवाह पक्का भएको जानकारी दिने अर्को कुरा हो नेहाको इन्स्टाग्राममा उनले साझेदारी गरेको क्याप्सन । उनले एक तस्बिर शेयर गर्दै लेखेकी छिन् ,'फेब्रुअरी १४' । यसले उनीहरू दुई प्रणय दिवसको दिन विवाह गर्दै छन् । आदित्यका बुवा गायक उदित नारायण झाले पनि नेहा आफूलाई निकै राम्री लाग्ने, उनको आवाज र मान्छे दुवै निकै सुन्दर रहेको र सफल गायिकालाई आफ्नो परिवारको सदस्य बनाउन पाएमा निकै खुसी हुने बताएका थिए ।