यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेल्फी किंङ'को बुधवार प्रिमियर गरिएको छ । विपिन कार्की स्टारर चलचित्रको प्रिमियरमा फिल्म युनिटसँगै कला कर्मी र मिडिया कर्मीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि सबैले विपिनको अभिनयको प्रशंसा गरे भने डेब्यु निर्देशकको निर्देशकिय खुबीको पनि तारिफ गर्न भ्याए । उपस्थित सबैले चलचित्रले उठान गरेको विषयसँगै कलाकारको भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताएका छन् । चलचित्र हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे लगायत दर्जनौँको उपस्थिति रहेको थियो ।
चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन ।
चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।