पछिल्लो समय निकै चर्चामा आएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन'को २१औँ र २२औँ एपिसोड प्रसारण भैसकेको छ । पछिल्ला दुई एपिसोडमा टप ६ मा पर्न सफल कमेडियनले प्रस्तुति दिएका छन् । अब अर्को एपिसोडको कमेडी च्याम्पियनमा ५ जनालाई मात्र देखिने छ । सोमवार र मङ्गलवार प्रसारण हुने यो लोकप्रिय रियालिटी शोको सोमवारको अङ्क अर्थात् २१औँ एपिसोडमा पछिल्लो समयको अर्को चर्चामा आइरहेको रियालिटी सो 'हिमालयन रोडिज'का निर्देशक अमन प्रताप अधिकारी र यसै सो कि जज दिया मास्के अतिथिको रूपमा आमन्त्रित थिए ।

यसै गरी मङ्गलवारको एपिसोडमा स्ट्यान्ड अप कमेडीका पर्याय सन्दीप क्षेत्री र अर्का लोकप्रिय हास्य कलाकार बुद्धि तामाङ उपस्थित थिए । यी दुवै एपिसोडलाई दर्शकले निकै रुचाइरहेका छन् । दुबैलाई युट्युबमा दस लाख बढिले हेरिसकेका छन् भने दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् । यसै गरी सोमवारको २१औँ एपिसोड ट्रेन्डिङको नम्बर दुईमा आइपुगेको छ । दुवै एपिसोडलाई दर्शकले उत्तिकै मन पराएका छन् । टप ६ मा पुग्दा च्याम्पियनका प्रतिस्पर्धा पनि निकै कठिन भएको बुझ्न सकिन्छ । मङ्गलवारको एपिसोडबाट कमेडियन सुमन कोइराला सिधै उत्कृष्ट ५ मा पर्न सफल भएका छन् ।