यति बेला एसएस राजमौलीको निर्देशनमा चलचित्र ‘आरआरआर’ बनिरहेको छ । बाहुबली निर्देशक राजमौलीको यस चलचित्रको छायाङ्कन भइरहेको छ । चलचित्रमा साउथका निकै रुचाइएका रामचरण र जुनियर आरटिआरको मुख्य भूमिका रहेको छ । साथमा बलिउडकी चर्चित र पछिल्लो समय निकै डिमान्ड भएकी आलिया भट्टको पनि अभिनय रहनेछ । यस चलचित्रमा अर्का बलिउड स्टार पनि देखिने भएका छन् । बलिउड मिडियाका अनुसार अभिनेता अजय देवगन अतिथि भूमिकामा देखिने भएका हुन् । बलिउडमा हाइ पेड अजयले यस चलचित्रको लागी भने एक रुपैयाँ पनि लिएका छैनन् । बलिउड मिडियाका अनुसार अजयलाई उनको रेट अनुसारको पारिश्रमिक दिन निर्माण पक्ष तयार थियो । अजय निर्देशक राजमौलीको निकै ठुलो फ्यान भएको र उनिसँग काम गर्ने इच्छा पहिल्यै देखी भएका कारण पारिश्रमिक लिन नमानेका हुन् । उनलाई राजमौलीको चलचित्र 'मख्खी' निकै मन पर्ने बताउँछन् । यही चलचित्र हेरेपछि राजमौलीसँग काम गर्न मन लागेको उनले बताएका छन् । उनले आफ्नो चाहना अतिथि भूमिकाबाट भए पनि पुरा हुन लागेकाले आफूले पारिश्रमिक नलिएको उनको भनाइ छ ।