चलचित्र 'म यस्तो गीत गाउँछु २' को ट्रेलर सार्वजनिक भएको छ । पल शाह र पूजा शर्मा स्टारर प्रतीक्षित चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र ट्रेलर राजधानीमा क कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । फागुन ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरमा पल र पूजाको लभ स्टोरी र रोमान्स देखाइएको छ । ट्रेलरमा यी दुईको रोमान्स र प्रेम मात्र देखाइएको छैन सम्बन्धमा आइपर्ने उतार चढाव पनि प्रस्तुत गरिएको छ । ट्रेलरका अनुसार पल एक चर्चित गायक हुन्छन् भने पूजा उनकी । निकै ठुलो फ्यान हुन्छिन् । पूजालाई पनि एक सफल गायिका बनाउन पलले गरेको प्रयास मा नै चलचित्रको कथा घुम्ने बुझिन्छ । सार्वजनिक ट्रेलरका अनुसार चलचित्र निकै सुन्दर बनेको आभास हुन्छ । सुदर्शन थापा र पूजा निर्माण गरेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ । 'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।