चलचित्र ‘प्रेमगीत ३’ को विदेश राइट्स बिक्री भएको छ । चलचित्र उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूमा प्रदर्शनको लागी ग्लोबल नेपाली अवार्डले अधिकार किनेको हो । चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले ग्लोबल नेपाली अवार्ड प्रमुख नवराज श्रेष्ठसँग चलचित्रको लागी ४९ लाख ९९ हजार ९ सय ९९ मा सम्झौता गरेको बताएका छन् । यस बारे जानकारी दिँदै सेनले सेनले नेपाली चलचित्र बिस्तारै विश्वव्यापीकरण भइरहेको बताए । उनले थपे 'यो मेरा लागि मात्र खुसीको विषय होइन', उनले भने, 'यो खुसी नेपाली चलचित्रको लागि हो' ।
आगामी चैत २८ मा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भूपेन्द्र अधिकारीले सम्पादन रहेको 'प्रेमगीत ३' श्वसतिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ ।