झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय भएको छ । अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र अब आगामी वर्षको दसैँमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्र २०७७ को कार्तिक ७ गते रिलिज हुने पक्का भएको जानकारी सार्वजनिक गरेको छ । तेस्रो शृङ्खलामा निकै रुचाइएका जोडी अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अभिनेत्री तथा निर्देशक झरनाकी छोरी सुहानाको डेब्यु चलचित्र नै ब्लक बस्टर साबित भयो जसबाट उनले एक सम्भावना भएकी नायिकाको नाम पाइन् ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र नेपाल, ओमान र हल्याण्डमा खिचिने छ । चलचित्रको कथा अघिल्लो शृङ्खलाभन्दा फरक हुने बताइएको छ । चलचित्र प्रदर्शन पश्चात् नायक अनमोल केसी राजी भएको खण्डमा चलचित्र ‘भागवत गीता’ बनाउने तयारीमा झरना र सुनिल कुमार छन् ।