दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको 'तिमी बदनामी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । दुर्गा खरेलको स्वर रहेको गीत मा फुलमान बलको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथामा आधारित चलचित्रको सार्वजनिक गीत मा रेखा रेखा र दयाहाङ राई फिचर्ड छन् । आगामी फागुन ३० गते प्रदर्शनमा आउने चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् । धादिङ रुबी भ्यालीको एउटा परिवारमा भूकम्पको बेलाको मानवीय सङ्घर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताएका छन् । चलचित्र गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको छ ।