सूर्य खड्का र दुर्गा सापकोटाको नयाँ गीत ‘नैना रेसम’ सार्वजनिक भएको छ । शिव अखेलीको शब्द रहेको गीतमा गायक खड्काकै सङ्गीत रहेको छ । गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा सागर लम्साल (बले), प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले कम्मर मर्काएका छन् । यसमा काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ भने भिडियो निर्देशन पनि उनैले गरेका हुन् । अजय रेग्मीले छायाङ्कन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन् । रमाइलो प्रेम भावको गीतमा प्रिन्सी र प्रिज्माको प्रस्तुति मा सागरको नृत्य निकै खुलेको छ ।