शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'लभ डायरिज' ले दर्शकको साथ पाइरहेको छ । भ्यालेन्टाइन डे को अवसर पारेर प्रदर्शनमा आएको चलचित्रलाई हिजो शनिवार दर्शकको उल्लेख्य साथ मिलेको छ । चलचित्र हेरेका सबैले डेव्यु अभिनेत्री रुविना थापाको कामको तारिफ गरेका छन् भने चलचित्रले समग्रमा मिश्रित प्रतिक्रिया पाएको छ । चलचित्रको प्रतिक्रिया बुझ्न र दर्शकसँग साक्षात्कार गर्न चलचित्रका मुख्य कलाकार हलसम्म पुगेका थिए । दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएपछि आफूहरू उत्साहित भएको उनीहरूले बताएका छन् । चलचित्रको प्रिमियरमा पनि सकारात्मक प्रतिक्रिया मिलेको थियो ।

सौरभ चौधरी निर्देशित चलचित्रमा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् । भने विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् ।