पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा पल र पूजालाई निकै प्रेमिल मुडमा प्रस्तुत गरिएको छ । केही दिन अघि सार्वजनिक भएको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् ।
सार्वजनिक पोस्टरले पनि चलचित्र प्रति उत्सुकता पैदा गर्छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रमा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
पल र पूजाको प्रतीक्षित चलचित्र 'म यस्तो गीत गाउँछु २' फागुन ३० मा प्रदर्शनमा आउने तयारीमा छ ।