काठमाडाैँ, १ साउन ।शुक्रवार चलचित्र ‘तिमीसँग’को नयाँ गीत सार्वजनिक भयो । ‘मन मेरो चन्चले’बोलको उक्त गीत रिलिज भएको दुई दिन पनि नबित्दै तिन लाख भन्दा बढीले हेरेका छन् । दीपक पाठक र लभोनी चर्कावतिको आवाजमा रहेको सार्वजनिक गीतमा अभिनेत्री करिष्मा मानन्धर र साम्राज्ञी राज्यलक्ष्मी शाहको नृत्य रहेको छ ।
राजनीतिमा सक्रिय रूपमा लागेकी करिष्मा पछिल्लो समय भने चलचित्रमा खासै देखा परेकी छैनन् । करिष्मालाई सार्वजनिक गीतमा फरक रूपमा देखाइएको छ । कलाकार शिशिर रानाको निर्देशन र निर्माण रहेको चलचित्र ‘तिमीसँग’मा साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्र भदौ ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने छ ।