चलचित्र ‘बोर्न टु डान्स’ निर्माण हुने भएको छ । चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनलले यस चलचित्रको निर्माण घोषणा गरेको हो । नृत्यमा आधारित रहेर निर्माण हुन लागेको यो चलचित्रलाई अमन तामाङले निर्देशन गर्दै छन् । एबी इन्टरनेशनलले निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी भदौ ५ गते रिलिज हुँदै छ । सत्य कथामा आधारित चलचित्रलाई निर्माण कम्पनीले ड्रिम प्रोजेक्टको रूपमा लिएको छ । चलचित्रको लोगो पोस्टर पनि सार्वजनिक गरिएको छ । भने आगामी वर्ष रिलिज गरिने बताइएको छ । चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । निर्माताका अनुसार यस चलचित्रको लागी विगत ५ वर्षदेखि काम भइरहेको थियो । निर्माण पक्षका अनुसार चलचित्रका लागि नृत्यमा पोख्त कलाकारको आवश्यकता पर्ने भएकाले कलाकारको टुङ्गो लागिसकेको छैन । यसको छायाङ्कन नेपाल लगायत अमेरिका र क्यानडामा पनि गरिनेछ । निर्माण पक्षले चलचित्रलाई राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ । एबी इन्टरनेशनलले यस अघि चलचित्र 'पासवर्ड' निर्माण गरेको थियो भने हिन्दी चलचित्र ‘लैला मञ्जु’ फ्लोरमा छ ।