म्युजिक भिडियो 'ए मेरी पूजा' सार्वजनिक भएको छ । भ्यालेन्टाइन डे लक्षित गर्दै निर्माण भएको म्युजिक भिडियोमा कौशल राज खड्काको स्वर रहेको छ । गीतमा विशाल मल्लको शब्द रचना रहेको छ भने कौशल राज खड्काको सङ्गीत रहेको छ । गीतलाई मनोज चौलागाईंले एरेन्ज गरेका हुन् । ड्रीम गर्ल फेम्ड नायिका आश्मा गिरि निर्देशित म्युजिक भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बु फिचर्ड छन् । आश्माको यो पहिलो निर्देशन हो । सुवाल डंगलले खिचेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । गीतमा प्रलव ढुङ्गाना, आश्मा गिरि र कौशल राज खड्काको लगानी छ ।