विश्वकै चर्चित गायन रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा पनि पुगेका छन् । काठमाडौँका दिवेश पोखरेल आफ्नो दमदार आवाज सहित आइडलमा पुगेका हुन् । उनको आवाजलाई आइडलका जजले निकै तारिफ पनि गरेका छन् । विश्व स्तरीय सङ्गीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको उनले प्रस्तुति दिएका थिए । दिवसले आर्थर गनको उपनामबाट प्रस्तुति दिएका थिए । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण सुरु भएको गायन रियालिटी शोमा उनले आफ्नो परिचयसँगै नेपालको सुन्दरता र आफ्नो बालापनको बारेमा पनि सुनाएका थिए । उनी विगत ५ वर्ष यता अध्ध्यनको सिलसिलामा अमेरिकामा छन् ।