गायक बिनोद ढकाल र गायिका मिना सिंहको आवाज रहेको ‘भ्यालेन्टिनो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको शब्द र संगीत भने गायक बिनोद ढकाल कै रहेको छ ।
भिडियोमा हट माला लिम्बुको ठुम्कामा मोडल सुनिल श्रेष्ठपनि साथ दिएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ ।