लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । सोमबार परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाललाई तनहुँबाट पक्राउ गरिएको हो । बन्दीपुर डुम्रेका होटेल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा गायक कटुवाल पक्राउ परेका हुन् । गायक कटुवाल विरुद्ध ज्यान मार्ने धम्की मुद्दा दर्ता गरिएको थियो । पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिएका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो । विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिँदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरूको समूहले होटेल व्यवसायी गुरुङमाथि आक्रमण गरेका थिए । कटुवालाले ‘छेकेन जामाले, मोही खाउँला बोट्कामा, फुल फुल्यो केसरी, तोरीको बोटैमा लगायत गीत मा आवाज दिएका छन् । घाइते भएको गुरुङको काठमाडौँमा उपचार भइरहेको छ ।