प्रदर्शन हुन एक महिना बाँकी रहन्दा चलचित्र ‘भुईँमान्छे’ले प्रचारप्रसारमा तीव्रता लिएको छ । यसैबिच शनिवार राजधानी स्थित हनुमान ढोका दरबार क्षेत्रमा युथ कर्नर तथा काठमाडौँ खेल मण्डलद्वारा संयुक्त आयोजित विधालय स्तरीय बृहत् चित्रकला प्रतियोगितामा भाग लिन आएकी विधार्थीसंग चलचित्र ‘भुईँमान्छे’ युनिटले अन्तरक्रिया गरेको छ । निर्माता रोहिणी भट्टराई , निर्देशक नवराज बुढाथोकीसंगै कलाकारहरू रमेश बुढाथोकी , सिपोरा गुरुङ र सानु ताम्राकारले बिधार्थीसँग अन्तरक्रिया गरेका थिए ।

शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित यस फिल्मको बारेमा निर्देशक नवराजले जानकारी दिँदै आएको जिज्ञासालाई मेटाएका थिए । यता सिपोराले पनि आफूलाई विषयवस्तु मन परेकोले अभिनय गरेको बताउनुका साथै फिल्मले विधार्थीलाई पनि केही ज्ञान दिने बताएकी थिइन् । प्रतियोगितामा विधार्थीलाई तिन समूहमा विभाजन गरिएको थियो । कक्षा १ देखि ४ सम्मका विधार्थीलाइ शीर्षक दिइएको थिएँन भने कक्षा ५  देखि ८ सम्मका विधार्थीलाइ हाम्रो नेपाल शीर्षक दिइएको थियो । यसै गरी कक्षा ९ देखि १२ सम्मका विधार्थीलाई हाम्रो सम्पदा हाम्रो संस्कृति शीर्षक दिइएको थियो , जसमा रहेर विधार्थीले चित्रकला प्रस्तुत गरेका थिए । 
भाद्र २ मा रिलिज हुने यस फिल्ममा रमेश बुढाथोकी , सिपोरा गुरुङ , सानु ताम्राकार , सहिन प्रजापति , बादल भट्ट , सशांक बोहोरा , रामबाबु रेग्मी , रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्य लक्ष्मी थापा , हरि यादव लगायतले निर्माण गरेका हुन ।