नायिका सुरक्षा पन्तको आज जन्मदिन परेको छ । चलचित्र 'अझै पनि' बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी सुरक्षाले उनी अभिनीत चलचित्र 'आमा' प्रदर्शनको सँघारमा आफ्नो जन्मदिन मनाउँदै छिन् । नेपाली फिल्म इन्डस्ट्रीमा अब्बल नायिकाको रूपमा चिनिने उनले धन पति, गोपी, घर जस्ता चलचित्रमा आफ्नो अभिनय कौशल देखाइसकेकी छिन् । शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'आमा' मा उनले निभाएको भूमिकाको चर्चा निकै भइरहेको छ । हरेक चलचित्रमा नयाँ पन दिने सुरक्षाले 'आमा'को लागी आफ्नो कपाल नै मुन्डन गरेकी थिइन् । आफ्नो अभिव्यक्ति र विचारमा स्पष्ट सुरक्षा बेला बेलामा आफ्नो अभिव्यक्तिका कारण पनि चर्चामा आउने गर्छिन् । प्रदर्शनको सँघारमा रहेको चलचित्र 'आमा' उनको लागी निकै विशेष रहेको उनले बताएकी छिन् ।