नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन यति बेला उत्कर्षमा पुगेको छ । पहिलो कमेडी च्याम्पियन घोषणा हुन केही समय मात्र बाँकी हुँदा यसै शोका निर्माता निर्देशकले अर्को कमेडी रियालिटी शोको निर्माण गर्ने तयारीमा लागेको छ । अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माले निर्माण गर्ने शोलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्नेछन् । ‘च्याम्पियनको चटके’ नाम राखिएको सो ग्रुप कमेडी सो भएको निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक भण्डारीले शोमा सहभागी हुने प्रतियोगीहरूले विभिन्न विषयमा अभिनय देखाउने र यसको प्रस्तुति हास्य प्रदान नै हुने बताएका छन् । उनले थपे, 'कमेडी च्याम्पियनको दोस्रो सिजन अहिले नै सुरु नहुने भएपछि दर्शकलाई मनोरञ्जनका लागि ‘च्याम्पियनको चटके’ तयार गरिएको हो' । यसै गरी केकी भन्छिन्, 'प्रतियोगीहरूलाई केही प्लेटफर्म दिनको लागि पनि यो सो सुरु गरिएको हो' ।