शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘आमा’ विशेष घोषणा गरेको छ । निर्माण पक्षले घोषणा गरे अनुसार काठमाडौँका केही हलहरूमा आफ्नी आमासँग चलचित्र हेर्न गएमा आमालाई फ्रीमा टिकट प्रदान गरिने भएको छ । काठमाडौँका जय नेपाल हलमा ११:४५ बजे, क्युज हलमा १०:४५ बजे र कुमारी हलमा बिहान ८:३० बजेको शोमा यो अफर लागु गरिने भएको छ । ‘पशुपति प्रसाद’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालले ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ यो घोषणा गरेको बताएका छन् ।
चलचित्रमा फरक स्वाद समेट्न सिपालु खनालको यस चलचित्रमाथि दर्शकले निकै आशा राखेका छन् । चलचित्रमा अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् उनीहरूले आमा छोरीको भूमिका निभाएका छन् । हलमा यी शोहरु परिवर्तन नभसम्मलाई यो घोषणा लागु हुने छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्म आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।