चलचित्र ‘प्रेम पूजा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिव रात्रिको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । चलचित्र सस्पेन्स जनरामा निर्माण हुने चलचित्रको थिम पोस्टरबाट स्पष्ट हुन्छ । सामाजिक प्रेमकथा मा आधारित ‘प्रेम पूजा’ लाई अमर दीप सापकोटा ले निर्देशन गर्दै छन् । उनले यसअघि ‘कारखाना’ को निर्देशन गरेका थिए । वैशाख पहिलो साताबाट छयाकंनमा जान लागेको चलचित्रको काठमाडौँ, चितवन र भारतको बनारसमा छायाङ्कन गरिने छ । ‘प्रेम पूजा’लाई ईन्टरटेन्मेन्ट वर्ल्ड वाइड प्रालिले निर्माण गर्दै छ । भने यसको कथा, पटकथा तथा संवाद छक्का पन्जा सिरिजका लेखक अभिमन्यु निरभिको रहने छ ।
यति बेला चलचित्रको लागी प्राविधिक तथा कलाकारहरूको छनौट कार्य भइरहेको निर्माण पक्षले जानकारी दिएको छ । नयाँ तथा पुराना पुस्ताका कलाकार हरूको अभिनय रहने चलचित्रको लागी नयाँ अनुहार खोजी भइरहेको छ । फर्स्ट लुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ‘प्रेम पूजा ’ आउँदो वर्ष २०७७ को विजया दशमीबाट प्रदर्शनमा आउने भएको छ ।