क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागी सहयोग गरेका छन् । उनले नेपाल-ओमान र अमेरिकाबिच भर्खरै सम्पन्न भएको त्रिपक्षीय खेलमा आफूले लिने प्रत्येक विकेट बराबर रु ८८४८ को दरले रङ्गशाला निर्माणमा प्रदान गरिने घोषणा गरेका थिए । रङ्गशाला निर्माणको लागी जुटिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई बिहीबार सन्दीप ले आफूले लिएका प्रति विकेटका दरले ७०,००० बढी रकम हस्तान्तरण गरिएको छ ।
साथै उनको म्यानेजमेन्ट कम्पनीले पनि सोही बराबरको रकम फाउन्डेसनलाई हस्तान्तरण गर्ने निर्णय गरेको बताइएको छ । रकम हस्तान्तरण कार्यक्रममा सन्दीपले, 'हाम्रो र हामी जस्तै खेलाडीका लागि उहाहरुले यस्तो महान् कार्य गरिरहँदा आफूले पनि विश्वको सर्वोच्च शिखर बराबरको प्रति विकेट रकम दिने घोषणा गरेको बताए । सोही बाचा आज पुरा गर्न पाउँदा निकै खुसी लागेको उनले थपे । साथै धुर्मुसले सन्दीप सहित राष्ट्रिय टोलीलाई आजबाट प्रदर्शनमा आएको चलचित्र 'सेन्टी भाइरस' हेर्न अनुरोध पनि गरेका छन् ।