लामो समयपछि दर्शकको भीड काठमाडौँ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रवारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि दर्शकको उपस्थिति सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रवार र शनिवारमा आक्रमक व्यपार गरेको ‘म यस्तो गीत गाउछु’ले आइतबार पनि निरन्तरता पाएको छ । काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए छ भने सोमबारबाट मल्टिप्लेक्समा केही शोहरु थप गरिएकाे छ । निर्माण पक्षको अनुसार चलचित्रले देशभर ६५ वटा थप सो पाएको छ । 


काठमाण्डौको गोपीकृष्ण हल, अष्टनारायण हलमा पनि दर्शकको चाप बढ्दो छ । यस्तै काठमाण्डौका वितरक गोपाल कायस्थले बम्पर व्यापार भएको प्रतिक्रिया दिए । उनले, धेरै समयपछि नेपाली चलचित्र हेर्न दर्शक यसरी हलमा उर्लिएको बताए ।
शुक्रवार र शनिवार काठमाण्डौक विभिन्न हलहरुमा चलचित्रका निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा पुगेका थिए । शुक्रवार र शनिवार काठमाडौँमा १ करोड ३० लाख र मोफसलमा ६० लाखको कमाई गरेको वितरक गोपाल कायस्थले जानकारी दिए । लभ स्टोरी जनरामा बनेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा नायिका पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ ।