गायिका स्मिता दाहाल र गायक सरोज ओलीको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार 'कमेरोले पोतेको' बोलको गीत सार्वजनिक गरिएको हो । दिनेश थपलियाको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । रचनाकार थपलिया प्रमुख निर्वाचन आयुक्त हुन् । गीतलाई दयराज पौडेलले एरेन्ज गरेका हुन् भने मिक्सिङ श्याम स्वोयत रसाइलीले गरेका हुन् । युट्युबमा सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङ फिचर्ड छन् । भिडियोलाई विक्रम सुनारले कोरियोग्राफी गरेका हुन् भने गायक सरोज ओलीले निर्देशन गरेका हुन् । 'कमेरोले पोतेको'को भिडियो नवराज उप्रेतीले खिचेका हुन् जसलाई अमन मानन्धरले सम्पादन गरेका हुन् । गीत को अडियो तथा भिडियो दुवै सशक्त रहेका छन् । नेपाली पन झल्कने परम्परागत घर तथा परिवेशमा खिचिएको गीतले प्रेमी प्रेमिकाको मनको भाव बोलेको छ ।