चलचित्र 'पर्खी बसे फर्की आउँछु' को गीत रेकर्डिङ भएको छ । चलचित्रको शीर्ष गीतमा गायक प्रेम परियार र सबनम आचार्यले स्वर भरेका छन् । सुन्दर पन्तको शब्द रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ । अपाङ्गता भएकी युवतीको रहर र जीवन सङ्घर्षको कथा बोल्ने चलचित्रमा परियारको पनि अभिनय रहेको छ । राजबहादुर सानेले निर्देशन गरेको चलचित्रमा प्रेम परियारका साथमा समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल,हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा. लोकराज पराजुली, हेमराज बिसीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता खेमराज विक हुन भने, यमकान्त भण्डारी निर्माता हुन् । एकराज थापा सह निर्माता रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ । चलचित्र दाङमा खिचिएको छ ।