प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेलको शुभ मुहूर्त गरिएको छ । ‘परदेशी २’ नाम राखिएको चलचित्रको शुभ मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रको सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । भने उनको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी देखिनेछिन् । नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्र आजै बाट फ्लोरमा गएको छ । आफ्नो डेब्यु चलचित्रलाई लिएर उत्साहित रहेको बताएका प्रकाशले भने, फिल्मको छायाङ्कन सुरु हुन लाग्दा मलाई खुसी, डर र उत्साह सबै भइरहेको छ । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने छ ।