अभिनेत्री आँचल शर्मा यही फागुनमा वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनले प्रेमी उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । फागुन अन्तिम साता उनको विवाह हुने भनिए पनि मिति भने सार्वजनिक गरिएको छैन । भर्खर आँचलले आफ्नो इन्गेजमेन्ट मिति सार्वजनिक गरेकी छिन् । केही दिन अघि उनले इन्गेजमेन्टको दिन विवाहको मिति सार्वजनिक हुने बताएकी थिइन् भने उनको इन्गेजमेन्ट मिति उनलाई नै थाहा नदिइएको उनको भनाइ थियो ।
उनको इन्गेजमेन्ट फाल्गुन १२ गते सोमबार हुने पक्का भएको छ । आफ्नो परिवार र निकटका चलचित्र कर्मीको उपस्थितिमा हुने इन्गेजमेन्टको लागी आँचल र उदिप तयारीमा छन् । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । आँचलले विवाहको लागी निकै उत्साहित भएको बताएकी छिन् ।