पछिल्लो समय चर्चामा आइरहेको रियालिटी सो कमेडी च्याम्पियन उत्कर्षमा पुगेको छ । फाइनलको नजिकै पुग्दै गर्दा हरेक हप्ताको एपिसोड विशेष बन्दै गइरहेको छ । च्याम्पियनका टप ४ सम्म पुगेका प्रतिस्पर्धीको प्रस्तुति अघिल्लो हप्ताको एपिसोडमा सार्वजनिक भैसकेको छ । टप ४ को प्रस्तुतिले अब चारबाट कोको टम तीन सम्म पुग्छन् भन्ने अनुमान लगाउन थालिएको छ । यसै बिच शोका जज मनोज गजुरेलाले एक तस्बिर सार्वजनिक गरेका छन् जसले दर्शकले टप तीनमा कोको पुग्लान् भनेर गरेको अनुमानमा मद्दत पुगेको छ ।

उनले टिमको एक सेल्फी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् जसमा तीन प्रतिस्पर्धी का साथमा जज टिम र अतिथिहरू देखिएका छन् । तर सेल्फिमा 'मेलो बाबा' भनेर चिनिने मेक्सम गौडेल देखिएका छैनन् । यसबाट उनी टप चारबाट नै बिदा भएको अनुमान लगाउन सकिन्छ । उक्त सेल्फी प्रतिस्पर्धीका तर्फबाट सुमन कोइराला, खड्क बहादुर पुन मगर र हिमेश देखिन्छन् । सायद अबका एपिसोडमा दर्शकले मेक्समलाई देख्न पाउने छैनन् ।