नेपाली चलचित्र क्षेत्रमा निर्माताको रूपमा चर्चित नाम हो सुनिल रावल । कलाकार उत्पादन गर्ने निर्माताको रूपमा पनि रावललाई मान्दै आइन्छ । रावलले २०११ मा पहिलाे चलचित्र 'सायद' निर्माण गरेका थिए । फरक कथाको उठानको साथै मित्रताको कथा बोकेको उक्त चलचित्र हिट भयो । यसै चलचित्रबाट संयम पूरी, विल्सन विक्रम राई जस्ता कलाकारको जन्म भयो । त्यस पछि सुनिलले 'होस्टेल' चलचित्र निर्माण गरे । जुन चलचित्र युवाहरू माझ चर्चित बन्यो । यसै चलचित्रबाट अहिले युवाका स्टार अनमोल केसीको साथै सलोन बस्नेत, गौरव पाहरी जस्ता कलाकार उदाए । होस्टलको सफलता पछि होस्टेल रिर्टन्स् निर्माण भयो । सुनिलले उक्त चलचित्र पछि हार्टिक नै मारे । रावलले निर्माण गरेका तिनै वटा चलचित्र हिट भए । होस्टेल रिर्टन्समा पनि सुनिलले नयाँ कलाकारहरु जन्माउन सफल भए । जस्नै सुशील श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का यसका उदाहरण हुन् ।
सुनिलले निर्माण गरेकाे चलचित्रबाट डेव्यु गरेका कलाकारहरु अहिले चलचित्र क्षेत्रका व्यस्त कलाकार भित्र पर्छन् । दुर्गिस फिल्मस्बाट निर्माण भएका तिन वटा चलचित्रले कमाइकाे साथै समिक्षक पनि राम्राे प्रतिक्रिया पाउदै अाइरहेकाे छ । तर, यही शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र सायद २ ले भने दुर्गिस फिल्मस्को हिटको सूचीमा नाम लेख्न सकेन । सफलताको स्वाद चाख्न थालेका निर्माता सुनिल रावललाई सायद २ बाट नराम्रो धक्का लागेको छ । सोचे अनुसारको दर्शकको हलमा उपस्थित नभएपछि सुनिलले अब बाट आफ्नो चलचित्र निर्माण कम्पनी दुर्गिस फिल्मस्मा नयाँ कलाकारहरूको लागी ढोका सधैको लागी बन्द भएको घाेषणा गरेका छन् ।
आइतबार आफ्नो फेसबुक लाइभमा आएका सुनिलले दर्शकलाई पुरानो कलाकार र चिनेको अनुहार मात्र चाहिने भएकाे कारण पुरानो कलाकार नै लिएर चलचित्र निर्माण गर्ने बताएका छन् । 'सायद २ ले राम्रो प्रतिक्रिया पाए पनि कमाई भने राम्रो हुन सकेन । सायद नयाँ कलाकारलाई चिन्नु भएन होला । दर्शकलाई पुरानो कलाकार जो म्युजिक भिडियोमा चलेर फ्यान बनाएका छन् या चलचित्रमा आफू चलि सकेका छन्। उहाँहरुलाइ नयाँ कलाकार भन्दा पुरानाे कलाकार हेर्ने बानी रहेन । अब मेरो चलचित्रमा नयाँ कलाकारको लागी ढोका बन्द भएको छ । ' सुनिलले लाइभमा भनेका छन् । आफूले सधैँ नयाँ कलाकारको लागी अवसर सिर्जना गरिरहेको तर त्यसलाई दर्शकको साथ नमिलेको उनले बताए छन् । 'हामी प्रमाेसनमा चुक्याै या म बाट केही कमी कमजाेरी भयाे । त्याे अागामी दिनमा साेच्ने छु । तर एक चाेटी चलचित्र हेर्न जानु भयाे भने तपाइ हरु निराश हुनु हुने छैन ।' सुनिलले बताए । साेचेकाे जस्ताे दर्शक चलचित्र हे सुनिलले आफूले बोलेको यो भनाइलाई कतिको लागु गर्छन् त्यो भने भविष्यले बताउने छ ।