शुक्रवारबाट महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र 'सेन्टी भाइरस'ले बक्स अफिसको माहौल तताइरहेको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको यस चलचित्रले प्रदर्शनको दुई दिनमा २ करोड ४७ लाख पोल्टामा पारिसकेको छ । भने दर्शकले चलचित्र मनोरञ्जनात्मक भएको प्रतिक्रिया दिइरहेका छन् । चलचित्र सफल भएसँगै धुर्मुस सुन्तलीको खुसी दोब्बर भएको छ । उनीहरू दर्शकलाई आभार प्रकट गरेर थाकेका छैनन् । चलचित्रबाट आएको नाफाबाट ५० प्रतिशत भरतपुरमा निर्माणाधीन रङ्गशालामा खर्चिने भएको छ । आफ्नो चलचित्रबाट आफ्नो सपना पुरा गर्न केही राहत मिल्ने भए पछि खुसी त्यसै बढ्ने भयो । हेरौँ तस्बिरमा 'सेन्टी भाइरस'ले दिएको खुसी!!