चलचित्र ‘परदेशी’ को सिक्वेलको शुभ मुहूर्त शुक्रवार गरियो । चलचित्रको शुभ मुहूर्तसँगै छायाङ्कन सुरु गरिसकिएको छ । यसै चलचित्रबाट गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । भने उनको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी देखिनेछिन् । नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्रमा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ । प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी २’ ले विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको सङ्घर्ष बोल्छ। चलचित्रमा नीर शाह र गायक प्रकाश सपुतका भाइ देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ । नारायण रायमाझी र राजेश वंशल निर्माता रहेको चलचित्रको कथा निर्देशक रायमाझीले नै लेखेका हुन् । यस चलचित्र नेपाल र नेपाल बाहिर विभिन्न देशमा खिचिने बताइएको छ ।