गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक भएको छ । राजधानी स्थित नाइट क्लब फरेनहाईटमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘मैच्यांग’ बोलको गीतलाई युट्युबमा मेटानोइया म्युजिकको च्यानलमा हेर्न सकिन्छ । गीतको भिडियोमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । यसलाई  जेय र आइजनले नै लेखेका हुन् । भिडियोलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ पनि उनैले गरेका हुन् । सुयोगले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केही टिभी कमर्सियल पनि बनाएका छन् । गीतमा केही पुराना गीतहरूलाई समेत फ्युजन गरिएको छ । यसअघि जेय र आइजेनको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो ।