चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएको खबर बाहिरिएको छ । निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्रको कथा मन परेकाले चलचित्रमा काम गर्न तयार भएको बुझिएको छ । अनमोलका साथमा उनका पिता अभिनेता भुवन केसी ले पनि चलचित्रमा काम गर्ने मन्जुरी दिएको खुलेको छ । यद्यपि माधव वाग्लेले भने चलचित्रको लागी कुरा भएको तर फाइनल डिसिजन नआइसकेको बताएका छन् । तर फिल्म बजारमा अनमोलसँग कागजी सम्झौता पनि भैसकेको र चलचित्रको प्रदर्शन मिति पनि लक भैसकेको समाचारहरू बाहिरिएका छन् ।
जस अनुसार चलचित्र आगामी फूलपातीमा रिलिज हुने छ । यस वर्षको लागी अनमोलका हातमा एक पछि अर्को चलचित्र पाइपलाईमा छन् । उनको होम प्रोडक्सनमा निर्माण हुने चलचित्र ‘एन्टी हिरो’को स्किृप्ट प्रदीप भारद्वाजले लेखिरहेका छन् भने ‘ए मेरो हजुर ४’को छायाङ्कनमा जान तयार अवस्थामा छ । तर उनले वाग्लेको 'पारस'मा हात हालेसँगै पहिला यस चलचित्रको लागी काम गर्ने गरी अरू चलचित्रको सेड्युल मिलाएको खबर आएको छ ।