इन्डियन आइडल ११औँ सिजनको विजेता घोषणा गरिएको छ । फाइनलमा पुगेका ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शनि हिन्दुस्तानी इन्डियन आइडलको खाताको ११ नम्बरमा आफ्नो नाम लेखाएका हुन् । अक्टुवरबाट सुरु भएको यो सिजनमा भोटिङको आधारमा सनीले जित हात पारेका हुन् ।  सो जितेसँगै सनीले २५ लाख रुपैयाँ नगद पुरस्कार र नयाँ कार पाएका छन् भने टी–सिरिजको नयाँ चलचित्रमा पनि सनीको आवाज समावेश हुनेछ । शोको सेकेन्ड रनरअप भने रोहित राउत बने भने उनले ५ लाख भारु हात पारे ।