भीमसेन लामाको निर्देशनमा निर्माण हुने हरर चलचित्र ‘कठपुतली’को पोस्टर सार्वजनिक भएको छ । नेपालमा कमै मात्रामा बन्ने हरर जनराको चलचित्रको सार्वजनिक पोस्टरमा कुनै मन्दिरमा सन्यासी जस्तो लाग्ने व्यक्तिले पूजा गरिरहेको देख्न सकिन्छ । एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।

कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ । चलचित्र प्रदर्शनको मिति नतोकिए पनि यसै वर्ष प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ ।  

हरर चलचित्र ‘कठपुतली’को पोस्टर सार्वजनिक