'जात्रा', 'जात्रै जात्रा', 'शत्रु गते' जस्ता हिट चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले 'जात्रै जात्रा' पछि विश्राम लिएका छन् । दर्शकले उनको नयाँ चलचित्रको प्रतीक्षा व्यग्र रूपले गरिरहेका छन् । दर्शकको चाहना पुरा गर्दै प्रदीपले यही वर्षभित्र नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरिरहेका छन् । उनका अनुसार केही महिना यता उनी चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । यही २०२० भित्र चलचित्र रिलिज गर्ने योजना बनाएका छन् । सोसल ड्रामामा बन्ने चलचित्रको लागी स्क्रिप्ट मा कुनै कमजोरी रहन नदिन प्रदीप मेहनत गरिरहेका छन् । पछिल्लो समय प्रदीप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा निर्णायकको भूमिका निभाइरहेका छन् ।