हिडन ट्रेजरले आयोजना गर्ने 'मिस नेपाल २०२०'को लागि आवेदन खुलेको छ । सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ । मिस नेपालमा सहभागी हुन चाहने १९ वर्षदेखि २६ वर्षसम्मका अविवाहिता र ५ .४ इन्च हाइट भएका नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक आवेदकले आवेदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निःशुल्क भर्न सक्नेछन् । यस वर्षको नयाँ मिस नेपाल घोषणा २०२० मे १५ मा गरिने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ । यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रूपमा २ लाख ५० हजार प्रदान गरिने छ । जुन पहिलेको भन्दा बढी हो ।

हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले मिस नेपालको अडिसन देशको विभिन्न ९ सहरमा हुने जानकारी दिएका छन् । अडिसन धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड र काठमाडौँमा हुनेछ । भने तोकेको मापदण्ड पुगेका प्रतिस्पर्धीलाई काठमाडौँ बोलाइने छ । यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेशनल छन् यस वर्ष मिस युनिभर्सको विधा रहने छैन ।