पछिल्लो समय चर्चामा आइरहेको रियालिटी सो कमेडी च्याम्पियन उत्कर्षमा पुगेको छ । फाइनलको नजिकै पुग्दै गर्दा हरेक हप्ताको एपिसोड विशेष बन्दै गइरहेको छ । यसै बिच ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट विष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएका छन् । शोको छायाङ्कन शनिवार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक सञ्जालमा चलेको थियो । यस कुरालाई प्रमाणित गर्दै सोमवार सार्वजनिक भएको शोबाट विष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएको आधिकारिक पुष्टि भएको हो । अब फाइनलको यात्रामा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । उत्कृष्ट ४ को प्रस्तुतिमा हिमेश ‘पर्फमर अफ दि राउन्ड’ बनेर टप ३ मा सुरक्षित बनेका हुन् ।