यती बेला नेपाल आइडलको तेस्रो सिजन प्रसारण भइरहेको छ । नेपाल आइडलका २० एपिसोड प्रसारण भैसकेका छन् । भने अबको हप्ता आउने एपिसोड अझ विशेष हुने भएको छ । आगामी एपिसोडमा पहिलो र दोस्रो सिजनका प्रतियोगीहरूको विशेष प्रस्तुति रहने छ । सिजन तीनका प्रतिस्पर्धीलाई हौसला प्रदान गर्न उनीहरूले आ-आफ्नो प्रस्तुति दिने छन् ।

प्रस्तुति दिनेमा पहिलो सिजनका निशान भट्टराई, प्रताप दास र बुद्ध लामा रहेका छन् भने दोस्रो सिजनबाट पवन गिरी, अस्मिता अधिकारी, रवि ओढ, विक्रम बराल, अमित बराल र सुमित पाठकले प्रस्तुति दिने छन् । यसै बिच आफ्नो साङ्गीतिक यात्रा, नेपाल आइडलको भूमिका र पछिल्ला अनुभवहरू पहिलो सिजनका टप ३ प्रतिस्पर्धी, प्रताप, निशान र बुद्धले हामीसँग साटेका छन् हेर्नुहोस् भिडियो ।