‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । साउन १३ गते रिलिज हुने सिनेमा गीतमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् ।
विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् । गीतमा शब्द मनिषा खड्काको रहेको छ । रामशरण पाठकको निर्देशनमा बनेको चलचित्र ‘प्रेमगीत २’मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी लगायत कलाकारको अभिनय रहेको छ । आशुसेन फिल्मसद्धारा निर्मित सिनेमालाई नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।