बलिउड नायिका शिल्पा सेट्टी छोरीकी आमा बनेकी छिन् । शिल्पा र उनका पति राज कुन्द्राले छोरीलाई भव्य पार्टीको आयोजना गरी घरमा स्वागत गरेका थिए । शिल्पा र राज दोस्रो पटक माता–पिता बनेका हुन् । शिल्पा र राजले छोरीको नाम समिषा राखेका छन् जसको जन्म फ्रेवुअरी १५ मा भएको थियो । तर उनीहरूले छोरीका बारेमा फ्रेवुअरी २१मा सबैलाई जानकारी दिएका थिए । विगत ५ वर्षदेखि सन्तानका लागि प्रयास गरिरहेका शिल्पा र राजले सरोगेसी मार्फत छोरी जन्माएका हुन् । शिल्पाले छोरीको आमा हुन पाउँदा निकै खुसी भएको बताएकी छिन् भने २१ वर्ष अगाडि नै आफूले छोरीको नाम सोचेको पनि सुनाएकी छिन् । २००९ मा बिहे गरेका उनीहरूका एक छोरा वियान छन् ।